Follow on Facebook
Follow on Youtube

Small Farmers Summit 2014

अपेक्षित प्रतिफल

सम्मेलनबाट देहायअनुसारका प्रतिफलहरू प्राप्त हुने अपेक्षा राखिएको छ –

 - सरोकारवालाहरूले आफूलाई नेपालको साना किसान विकास आन्दोलनको एक अभिन्न अङ्गका रूपमा महसुस गर्नेछन् । विभिन्न संस्थाहरूबीच हुने प्रतिस्पद्र्धासमेत साना किसान विकास क्षेत्रको वृहत्तर विकासका लागि आपसी समन्वयका आधारमा विकसित हुनेछन् ।

- सम्मेलनमा प्रस्तुत भएका विकासका सिद्धान्तहरू, असल अभ्यास र सिकाइको आदानप्रदानबाट साना किसान कृषि सहकारी लगायतका संस्थाहरू साझा लक्ष्यप्राप्तिका लागि संस्थागत रणनीतिको तर्जुमा तथा कार्यक्रमहरू कार्यान्वयन गर्न सक्षम हुनेछन् ।

- नीतिनिर्माता एवं कार्यक्रम कार्यान्वयनकर्ताहरूले साना किसान विकास अभियानलाई अझ बढी प्रभावकारी रूपमा विस्तार गर्न गर्नुपर्ने सुधार र परिमार्जन एवं आवश्यक पर्ने सहयोगका क्षेत्रहरूको पहिचान गर्नेछन् ।

- स्थानीय ग्रामीण संस्थाहरूले बचत तथा ऋण, स्वच्छ तथा हरित वित्त, विप्रेषण, सुरक्षण (बीमा), मूल्यशृङ्खला, सूचना–प्रविधिको प्रयोग, कृषि प्रशोधन र बजार योजना आदिजस्ता सेवाको विविधीकरण र संस्थागत सुशासनका आधारहरू निर्माण गर्न ज्ञान र सीप प्राप्त गर्नेछन् ।

- दोहोरो ऋण प्रथा ९ःगतिष्उभि दयचचयधष्लन० र यसबाट सिर्जना हुने ऋणग्रस्तताको सम्भावित सङ्कटप्रति सरोकारवाला पक्षहरू सजग हुन यस सम्मेलनले सहयोग पु¥याउनेछ । सहकारी संस्थाले बैङ्क तथा वित्तीय संस्थासँग लिने होस् वा व्यक्तिले सहकारी संस्थासँग लिने होस्, दोहोरो कर्जाको क्षणिक लाभ र दीर्घकालीन नोक्सानीप्रति सजग बन्न यो सम्मेलन सहयोगी हुने अपेक्षा राखिएको छ ।

प्रभाव

ग्रामीण गरिबी न्यूनीकरणका लागि विभिन्न क्षेत्रका सहयोगको प्रवाहलाई स्थानीय स्तरमा साना किसान कृषि सहकारी संस्था वा अन्य यसै प्रकृतिका संस्थाहरूमार्फत प्रभावकारी रूपमा उपयोग हुने वातावरण निर्माण हुने विश्वास लिइएको छ । यसबाट स्थानीय ग्रामीण क्षेत्रमा सबल एवं दिगो संस्थागत विकास हुने गतिमा तीव्रता आउनेछ ।