०६ चैत्र, २०८१
ग्लोबल मनी वीकको अवसरमा यस वित्तीय संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा जब्दी साना किसान कृषि सहकारी संस्था लि. इटहरी उ=म=न=पा= १९ ले स्थानीय जब्दी माध्यमिक विद्यालयका ३१ जना विद्यार्थीहरुलाई युवा पुस्तामा डिजिटल बैङकिङ् र वित्तीय साक्षरताका महत्वपूर्ण विषयहरु उजागर गर्ने उद्देश्यले वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरेको छ । तालिम कार्यक्रममा विद्यार्थीहरुलाई बचत, ऋण र बजेटको अवधारणा प्रष्ट पार्ने प्रतियोगितात्मक खेल खेलाइ पुरस्कार दिइएको थियो । कार्यक्रममा डिजिटल साक्षरता तथा सुरक्षित बैङकिङ् कारोबारको लागि अपनाउनुपर्ने उपायहरुको विषयमा छलफल गरिएको थियो । तालिम सम्पन्न पश्चात साना किसान कृषि सहकारी संस्थाको कार्यालयमा विद्यार्थीहरुलाई भ्रमण गराई वित्तीय र गैर वित्तीय सेवा प्रदान गर्ने प्रकृया र सेवाका शर्तहरु बारे छलफल समेत गराइएको थियो । यस वित्तीय संस्था शाखा कार्यालय इटहरीका शाखा प्रबन्धक श्री सरोज भट्टराई, जब्दी साना किसान कृषि सहकारी संस्था लि=का अध्यक्ष श्री भानु कुमार चौधरी र पकली साना किसान कृषि सहकारी संस्था लि.का प्रबन्धक श्री दिलिप कुमार चौधरीले सहजीकरणगर्नु भएको थियो ।
कार्यक्रम यस वर्ष 'Think before you follow, wise money tomorrow' नारा का साथ जब्दी संस्थाकाका अध्यक्ष श्री भानु कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो Prev