साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.ले कर्मचारी तालिम/गोष्ठी/समीक्षा शिर्षकबाट खर्च गरी कर्मचारीहरुको क्षमता दक्षता अभिबृद्धि गरि काममा छिटो छरितो पन ल्याउन विभिन्न किसिमको उत्प्रेरणादायि तालिमहरु विगत वर्षहरुमा झै यस आर्र्थिक वर्षमा पनि सञ्चालन गर्दै आईरहेको छ । यस किसिमको तालिम वित्तीय संस्था आफैले आयोजना गरेको थियो भने कतिपय तालिमहरु अन्य संघ संस्थाले आयोजना गरेकोमा उपयुक्तताको आधारमा सम्बन्धित कर्मचारीहरुलाई सहभागी गराई क्षमता अभिबृद्धि गर्ने कार्य भयो । यस किसिमको तालिममा पटक पटक गरी ६१ जना महिला र २१५ जना पुरुषल कर्मचारीहरुको सहभागीता भएको थियो ।